नियम १३५
अध्ययन बिदा
: (१) सशस्त्र प्रहरी बललाई उपयोगी र अति आवश्यक पर्ने बिषयमा नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमा सशस्त्र प्रहरी महानिरिक्षकको स्वीकृति लिई खुल्ला प्रतियोगितामा वा अन्तर बिभागीय प्रतियोगितामा छानिई वा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने सशस्त्र प्रहरी कर्मचारीलाई अध्ययन अवधिभर अध्ययन बिदा दिइनेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीले सेवा अवधिभरमा एकै पटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउनेछ ।
तर नेपाल सरकारले आवश्यक ठानेमा अध्ययन बिदाको अवधिमा दुई वर्ष थप गर्न सक्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अध्ययनका निमित्त मनोनयन भई अध्ययन बिदा लिई गएको सशस्त्र प्रहरी कर्मचारीलाई थप बिषयमा अध्ययन गर्न वा थप उपाधि हासिल गर्नका निमित्त अध्ययन बिदा थपिने छैन ।
(४) अध्ययन बिदामा बसेको सशस्त्र प्रहरी कर्मचारीले पूरा तलब पाउनेछ ।
(५) सशस्त्र प्रहरी सेवा वा सम्बन्धित समूहलाई उपयोगी र आवश्यक पर्ने बिषयमा सशस्त्र प्रहरी महानिरिक्षकको सिफारिसमा नेपाल सरकारको पूर्व स्वीकृति लिई निजी प्रयासमा अध्ययन गर्न जाने सशस्त्र प्रहरी कर्मचारीलाई उपनियम (२) बमोजिम अध्ययन बिदा दिन सकिनेछ ।
(६) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (५) बमोजिम अध्ययन बिदामा बस्ने सशस्त्र प्रहरी कर्मचारीले अध्ययन बिदामा रहेको अवधिको तलब पाउने छैन ।
(७) पाँच वर्ष सेवा अवधि नपुगेका सशस्त्र प्रहरी कर्मचारीले अध्ययन बिदा पाउने छैन ।
तर नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमा मनोनयन गर्न आवश्यक योग्यता पुरा गरेको उम्मेदवार नभएको वा त्यस्तो योग्यता पुरा गरेको सशस्त्र प्रहरी कर्मचारीले अध्ययन गर्न नचाहेको अवस्थामा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले स्वीकृती दिएमा तीन वर्ष सेवा अवधि पुरा गरेको सशस्त्र प्रहरी कर्मचारीलाई अध्ययन बिदा दिन सकिनेछ ।
(८) अध्ययन बिदाको लागि सशस्त्र प्रहरी कर्मचारीको मनोनयन गर्दा योग्य उम्मेदवारहरु मध्ये जेष्ठताक्रमको आधारमा मनोनयन गरिनेछ ।
(९) कुनै योजना वा कार्यक्रमलाई कार्यान्वयन गर्नका निमित्त अत्यावश्यक पर्ने तालीम प्राप्त गर्नका लागि नेपाल सरकारले कुनै सशस्त्र प्रहरी कर्मचारीलाई मनोनयन गरी खटाएमा त्यस्तो तालीम अवधिभर निजलाई काजको रुपमा पठाइनेछ र सो अवधिभर निजले पुरा तलब पाउनेछ ।
तर यस प्रकारको काज तालीमको निमित्त मात्र हुनु पर्नेछ र कुनै पनि सशस्त्र प्रहरी कर्मचारीलाई शैक्षिक उपाधी हासिल गर्न पठाउँदा तालीम काज दिइने छैन ।
(१०) अध्ययन बिदा लिने वा तालीम काजमा जाने सशस्त्र प्रहरी कर्मचारीले अध्ययन गर्न वा तालीम लिन जानु भन्दा अघि त्यस्तो अध्ययन वा तालीम पूरा गरी फर्केर आई आफ्नो सेवामा देहाय बमोजिमको अवधिसम्म अनिवार्य रुपमा सेवा गर्ने कबुलियतनामा गर्नुपर्नेछः–
अध्ययन वा तालीमको अवधि सेवा गर्नुपर्ने न्यूनतम अवधि
(क) तीन महिनासम्म एक वर्ष
(ख) तीन महिना देखि नौ महिनासम्म तीन वर्ष
(ग) नौ महिनादेखि एक वर्षसम्म पाँच वर्ष
(घ) एक वर्षदेखि दुई वर्षसम्म सात वर्ष
(ङ) दुई वर्षदेखि तीन वर्षसम्म आठ वर्ष
(च) तीन वर्षदेखि चार वर्षसम्म नौ वर्ष
(छ) चार वर्षदेखि पाँच वर्षसम्म दश वर्ष
(११) अध्ययन बिदा लिई वा तालीममा गई फर्किएका सशस्त्र प्रहरी कर्मचारीले उपनियम (१०) बमोजिमको अवधिसम्म अनिवार्य सेवा नगरेमा अध्ययन बिदा वा तालीम काज अवधिमा पाएको तलब भत्ता, अध्ययनको लागि नेपाल सरकारको तर्फबाट खर्च व्यहोरिएको भए सो खर्च तथा कबुलियतनामामा उल्लेख भएका अन्य रकम समेत निजबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
(१२) यस नियम बमोजिम अध्ययनका लागि एकपटक बेतलबी अध्ययन बिदा स्वीकृत भई सकेपछि सो बिदाको अवधिलाई तलबी अध्ययन बिदामा परिणत गरिने छैन ।